सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा । नेकपा एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ । हेटौंडाको मुख्यबजार लोकतान्त्रिक चोकमा नेपाल कम्युनिष्ट पार्टी एमालेले जागरण सभाको आयोजना गरेको हो । सभा सुरु हुनु अगाडि हेटौंडा बजारको चारैतिरबाट र्याली निकालिएको थियो ।
सोमबार हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट र्याली निस्किएर मेनरोडको लोकतान्त्रिक चोकमा कोणसभा गरिएको थियो ।
सभालाई संबोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले राजावादीको आन्दोलनमा देखिएको अराजकतामा संलग्नहरुलाई कानून बमोजिम कारवाही गर्नुपर्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमिण पौडेलले राजावादीहरुको अराजकताले सीमा नाघेको बताए । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको अध्यक्ष श्रीधर पोख्रेलले बताए । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा आएर गणतन्त्रको पक्षमा जागरण गराउने काम भएको हो ।
यसैगरी गणतन्त्रमाथि भइरहेको प्रहारका बारेमा जनमानसलाई सचेत पार्नका लागि नेकपा एमालेले हेटौँडामा आयोजना गरेको जागरण सभा अन्तर्गत मनहरीबाट हेटौँडासम्म मोटरसाइकल ¥याली गरिएको छ । नेकपा एमाले मनहरी गाउँ कमिटीले व्यवस्थापनमा मोटरसाइकल ¥याली गरिएको हो ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा