सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुन: पार्टीको जिम्मेवारीमा फर्किएका छन्। लामिछाने सोमबार पार्टीको केन्द्रीय समितिको बैठकको सभापतित्व गर्दै पुन: आफ्नो पदभार ग्रहण गर्न लागेका हुन्।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार सोमबार दुई वटा बैठक बस्ने कार्यतालिका रहेको छ। पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालले धन्यवाद ज्ञापन गर्दै समापन गर्नेछन् भने दोस्रो बैठकको अध्यक्षता पुन: जिम्मेवारी सम्हाल्न फर्किएका सभापति रवि लामिछानेले गर्नेछन्।
झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पहिलो बैठक कार्यवाहक सभापतिज्यूबाट सुरु भई धन्यवाद ज्ञापनसहित समापन हुनेछ। लगत्तै दोस्रो बैठक सभापति रविज्यूको नेतृत्वमा बस्नेछ।”
गत पुस ८ गते सम्पत्ति शुद्धीकरण कसुरमा विशेष अदालतमा अभियोगपत्र दर्ता भएपछि लामिछानेले पार्टीको सभापति पद कार्यवाहक सभापति डीपी अर्याललाई सुम्पिएका थिए। तर, हाल उनी पुन: पार्टीको नेतृत्वमा फर्किएका छन्। लामिछानेमाथि लागेको मुद्दाबारे अदालतमा प्रक्रिया अगाडि बढिरहेका बेला उनी पुन: जिम्मेवारीमा फर्किनुले राजनीतिक वृत्तमा चर्चा पाएको छ।
पार्टीको दोस्रो बैठकमा विशेषगरी पार्टी र संसद्का गतिविधिबारे छलफल गरिनेछ। साथै, विभिन्न सदस्यहरूले संक्षिप्त रूपमा आफ्नो रिपोर्टिङ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यस बैठकमा पार्टीका तर्फबाट हालका गतिविधि, रणनीति र आगामी योजनाका विषयमा छलफल हुने जनाइएको छ।
लामिछानेको पुनरागमनबारे विभिन्न राजनीतिक विश्लेषकहरूका फरकफरक धारणाहरू रहेका छन्। कतिपयले यो कदमलाई रास्वपाभित्र एकताको संकेत भनेका छन् भने अन्य केहीले यसलाई अदालतको प्रक्रियालाई प्रभावित पार्न सक्ने अनुमान गरेका छन्।
अबको समय लामिछाने नेतृत्वको रास्वपाले कुन दिशा लिनेछ भन्ने चासो बढिरहेको छ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा