सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रहरीले तीनकुने घटनापछि पक्राउ परेका राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर राणासहित ११ जनालाई म्याद थपका लागि अदालत लगेको छ।
तीनकुने घटनामा पक्राउ परेकामध्ये ४१ जनालाई मुद्दा चलाउने निर्णयसहित प्रहरीले आइतबार अदालत प्रस्तुत गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले ४१ मध्ये ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइने जानकारी दिए। बाँकी पक्राउ परेकामाथि आपराधिक उपद्रव र संगठित अपराध अन्तर्गत कानुनी कारबाही अघि बढाउने तयारी गरिएको छ। प्रहरीले विशेष गरी मिश्र र राणालाई राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको बुझिएको छ।
यस घटनाले राजनीतिक तथा कानुनी वृत्तमा ठूलो तरंग उत्पन्न गराएको छ भने विभिन्न पक्षले यसबारे फरक–फरक धारणा सार्वजनिक गरिरहेका छन्।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा