सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८२ अङ्कले बढेर २ हजार ६९३ दशमलव १२ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको यसदिन आज ३२३ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ७ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६९ करोड १९ लाखको शेयर किनबेच भयो ।
आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, लगानी, अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
यसदिन जोशी हाइड्रोेपावर डेभलपमेन्ट कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन प्रभु स्मार्ट फन्ड समूहको शेयर भने सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा