सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा आज राजावादी समूह र प्रहरीबीच झडप भएको छ। राजावादीहरूले बानेश्वरतर्फ बढ्न खोजकोमा प्रहरीले रोकेपछि झडपको स्थिति भएको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राजावादीहरूको प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो। तर प्रदर्शनकारीहरू बानेश्वरतर्फ जान खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो। सुरक्षाकर्मीहरूले भीडलाई नियन्त्रणमा लिन रोकथाम प्रयास गरेपछि झडप भएको छ।
प्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्ज गरेको छ भने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। केही प्रदर्शनकारी घाइते भएको खबर छ, तर यसको आधिकारिक पुष्टि भइसकेको छैन। प्रदर्शनकारीहरूले राजसंस्थाको पुनःस्थापनाको माग गर्दै नाराबाजी गरिरहेका थिए।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा