सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ का लागि आफ्नो कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। परम्परागत खेलकुदलाई मुख्य विषयवस्तु बनाएर तयार गरिएको क्यालेन्डर एक विशेष समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले अनावरण गर्नुभएको हो।
समारोहमा बैंकका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपालमा धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक महत्वका विषयवस्तुहरूलाई प्रवर्द्धन गर्दै आएको एभरेष्ट बैंकले यस वर्ष नेपाली मौलिक खेलकुदलाई प्राथमिकता दिएको छ। बैंकले विश्वास व्यक्त गर्दै भनेको छ कि यस प्रयासले नेपाली सम्पदाको जगेर्नामा महत्वपूर्ण योगदान पुर्याउनेछ।
बैंकले आगामी दिनहरूमा पनि सामाजिक तथा सांस्कृतिक महत्व झल्काउने योजनासहित नवीनतम अभियानहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा