सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालको डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यका साथ सिटिटेक ग्रुप प्रा. लि. ले ‘गेटपे’ नामक एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर सार्वजनिक गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा, माछापुच्छ्रे बैंक लिमिटेड (MBL) मा यस प्रणालीको सफल शुभारम्भ गरिएको छ।
गेटपे डिजिटल भुक्तानीलाई सहज, सुरक्षित तथा आधुनिक बनाउने प्लेटफर्म हो, जसले व्यवसायी तथा वित्तीय संस्थाहरूलाई भुक्तानी व्यवस्थापनमा सरलता प्रदान गर्नेछ। सिटिटेक ग्रुपले यसअघि फिन-प्रो (finPRO) तथा फिन-पस (finPOS) जस्ता नवीनतम सफ्टवेयरहरू ल्याएर डिजिटल वित्तीय सेवामा आफ्नो बर्चस्व स्थापित गरिसकेको छ। गेटपे बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत भुक्तानी प्रणालीमार्फत कारोबार संरचना सुधार्न तथा नयाँ भुक्तानी माध्यमहरूलाई सहज रूपमा एकीकृत गर्न मद्दत गर्नेछ।
माछापुच्छ्रे बैंकले गेटपेलाई आफ्नो डिजिटल बैंकिङ प्रणालीमा समावेश गरिसकेको छ। यसबारे बैंकका प्रतिनिधिले बताए, “गेटपेको माध्यमबाट हामी व्यवसायी तथा ग्राहकसँग सम्बन्धित सम्पूर्ण कारोबार एकै ठाउँबाट व्यवस्थापन गर्न सक्षम भएका छौँ, जसले बैंकिङ सेवा अझ प्रभावकारी र सहज बनाएको छ।”
नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधिले गेटपे प्रणाली नेपालको डिजिटल भुक्तानी पूर्वाधारलाई थप सबल बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
सिटिटेक ग्रुपका प्रमुख कार्यकारी अधिकृत साजन शर्माले भने, “गेटपे नेपाली बैंक तथा वित्तीय संस्थाहरूको भुक्तानी व्यवस्थापनलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउन तयार पारिएको नवीनतम प्रविधि हो। हामीले डिजिटल भुक्तानी प्रणालीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेका छौँ।”
गेटपे प्रणालीको प्रयोगबाट व्यवसायीहरूले विभिन्न भुक्तानी माध्यमलाई एकीकृत गर्न, कारोबार अनुगमन गर्न तथा लागत-प्रभावी रूपमा डिजिटल भुक्तानी प्रणाली अपनाउन सक्नेछन्। यो प्रविधि नेपाली वित्तीय क्षेत्रको डिजिटल परिवर्तनमा कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा