सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । चुरे तथा वनजंगल संरक्षण अभियानले चुरे बचाउन पुनः आन्दोलनको घोषणा गरेको छ । अभियानले राष्ट्रिय सम्मेलनबाट पारित निर्णयहरू सार्वजनिक गर्न आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो ।
अभियानका केन्द्रीय अध्यक्ष सुनिल कुमार यादवका अनुसार चैत १५ देखि २० गतेसम्म चुरे वनजंगल विनाशबाट प्रभावित क्षेत्रहरूमा जनजागरण यात्रा सञ्चालन गरिनेछ । सो क्रममा बर्दिबास, सिन्धुली, निजगढ, लालबन्दी, बागमती, चितवन, इटहरी लगायतका स्थानहरूमा सचेतनामूलक कार्यक्रम गरिनेछ ।
त्यसपछि चैत २४ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा संसद भवनअगाडि अनिश्चितकालीन विरोध कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।
यता राष्ट्रिय सम्मेलनबाट अभियानको केन्द्रीय अध्यक्षमा पुनः सुनिल कुमार यादवलाई सर्वसम्मत चयन गरिएको छ ।
उपाध्यक्षमा सुक्रिती आचार्य र राजेश भण्डारी चयन भएका छन् । त्यस्तै महासचिवमा बासुदेव डल्लाकोटी चयन भएका छन् ।
सचिव पछि चयन गरिने जनाइएको छ । कोषाध्यक्षमा नन्दकिशोर रामसहित २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा