सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्राण्ड एम्बेसडरमा अनुमोदन गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबीच कन्सल्टेन्सीका प्रमुख नवराज प्रसाईले उनलाई एम्बेसडरको घोषणा गरेका हुन् ।
कार्यक्रममा अभिनेत्री रायमाझीले उक्त कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा एकदमै खुसी लागेको भन्दै आगामी दिनहरुमा यस कन्सल्टेन्सीको माध्यमबाट विद्यार्थीहरुलाई सहयोग र गाईड गर्ने प्रतिबद्धता जनाइन् ।
उनले भनिन,‘विगत ७ वर्षदेखि नै यस कन्सल्टेन्सीले विद्यार्थीहरुरुको हितमा काम गरिरहेको यो नै ठूलो सफलता हो जस्तो लाग्छ । कन्सल्टेन्सीलेको काम देखेरै मलाइ साच्चै खुसी लागेको छ । आगामी दिनहरुमा कन्सल्टेन्सीका माध्यमबाट विद्यार्थीहरुलाई सहयोग र गाइड गर्नेछु ।’
त्यस्तै कन्सल्टेन्सीका प्रमुख प्रसाईले यतिबेलाकी युवा पुस्तामाझ लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको व्राण्ड ऐम्बेसडरको रूपमा नियुक्ति गराउन पाउँदा निकै खुसी लागेको बताए ।
त्यस्तै अभिनेत्री दिव्या रायमाझीको उपस्थितिमा मार्च २७ का दिन संस्थाले यूके एडमिसन डे शैक्षिक मेलाको आयोजना गर्न लागेको पनि उनले जानकारी गराए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा