सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काभ्रे । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ग्लोबल मनी वीक २०२५ कार्यक्रम अन्तर्गत शाखा कार्यालय पनौतीको आयोजनामा मिति २०८१ चैत्र ७ गते काभ्रे जिल्लाको पनौती नगरपालिका-८ मा अवस्थित श्री तेजगंगा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा श्री तेजगंगा बहुमुखी क्याम्पसका कक्षा ११ तथा १२ का ७५ जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो। बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा लगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षाका विषयमा विद्यार्थीहरूलाई जानकारी प्रदान गरिएको थियो।
सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो। यस बैंकको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी पाँच जिल्लामा सीमित रहेको छ। हाल यस बैंकले जम्मा २६ वटा शाखाहरू सञ्चालन गरी ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा