सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादी आन्दोलन अघि बढाउने निर्णय गरेको छ। मंगलबार सम्पन्न बैठकले राजसंस्था पुनर्स्थापनाको मूल लक्ष्यसहित आन्दोलन परिचालन गर्ने निर्णय लिएको हो।
यसअघि ८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा आन्दोलन सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो। सो समितिमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र सदस्य सचिव तथा लिङ्देन सदस्यका रूपमा रहेका थिए। तर, उक्त समितिलाई अस्वीकार गर्दै राप्रपाले आफ्नै नेतृत्वमा नयाँ समिति गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
राप्रपाको आधिकारिक धारणा राप्रपाले राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासन तथा जनजीविकाका विषयमा निरन्तर आन्दोलन जारी राख्ने निर्णय गरेको छ। आगामी चैत १२ गते पार्टीका अध्यक्ष लिङ्देनको अध्यक्षतामा आन्दोलन परिचालन मूल समितिको बैठक बस्नेछ, जसमा आगामी आन्दोलनका कार्यक्रमहरू तय गरिनेछ।
बैठकका प्रमुख निर्णयहरू
१. आन्दोलनलाई निरन्तरता
राप्रपाले संगठन र आन्दोलनलाई संगसंगै लैजाने रणनीति अनुरूप आगामी दिनहरूमा थप कार्यक्रम घोषणा गर्ने जनाएको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा