सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । शेयर बजार लगातार तेस्रो दिन पनि घटेर २७ सय विन्दु मुनि आएको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार ७ दशमलव ६६ अङ्कले घटेर २ हजार ६९७ दशमलव ०४ विन्दुमा झरेको छ । शेयर बजार एक महिनापछि २ हजार ७ सय विन्दुमुनि झरेको हो ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३१३ वटा कम्पनीका ८२ लाख ३७ हजार कित्ता शेयर ४ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ३२ करोड ११ लाखको शेयर किनबेच भयो ।
आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा सामुदायिक लघुवित्त कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
समग्रमा बजार घटेको दिन मिथिला लघुवित्त र हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा