सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । पूर्वप्रहरी तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघका अभियन्ता सर्वेन्द्र खनालले ठगी गर्ने नेताहरुबाट बच्न आग्रह गरेका छन् ।
सोमबार जनकपुरधाममा आयोजित वित्तिय अराजकताको विरुद्धमा हाम्रो अभियान कार्यक्रममा सम्वोधन गर्दै अभियन्ता खनालले यस्तो आग्रह गर्दै लुट्ने र ढाडस दिने दुई जिव्रे चरित्रका नेताहरुसंग सजग हुने समय आएको बताए ।
उनले भने,‘आफू नेतागिरी गर्न आएको होइन् । आफु अराजकताको विरुद्धमा रहेको र जबसम्म पीडितलाई न्याय दिलाउदिन तबसम्म आफु उम्किने छैन ।’
अहिलेका नेताहरु पदमा छँदा चुइक्कसम्म नबोल्ने र पदबाट निस्किएसंगै अधिकार दिलाउने भनेर ठुला ठुला भाषण दिदै जनता लोभ्याउने गरेको कथन सुनाउँदै उनले भने,‘यस्ता चरित्रबाट बच्नुपर्छ । एकातर्फ सहकारी पीडित बनाउने र अर्कोतर्फ पिडककै सर्पोट गर्ने परिपाटी बढेको छ ।’
उनले यस अभियानबाट राजनीति होइन, पीडित जनतालाई उन्मुक्ति गराउने हाम्रो अभियानलाई सबैले सफल बनाउन आग्रह गरेका थिए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा