सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई विशेष कार्यक्रमबीच बिदाइ गरेका छन्।
आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी सेवा निवृत्त हुन लागेका कुँवरलाई गृहमन्त्री लेखकले बधाई दिँदै सेवा निवृत्तपछिको जीवन सफल र सुखमय होस् भन्ने शुभकामना दिएका छन्।
सेवा निवृत्त प्रहरी महानिरीक्षक कुँवरले आफूले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक रूपमा तथा इमानदारीपूर्वक सम्पन्न गरेको बताए। उनले आगामी दिनमा पनि राष्ट्रका लागि आवश्यक परेमा योगदान दिने विश्वास व्यक्त गरे।
गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी संगठन प्रमुखको रूपमा मुलुकको शान्ति र सुरक्षाको सुनिश्चितताका लागि कुँवरले पुर्याएको योगदानको प्रशंसा गरे।
सो अवसरमा कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको आफ्नो यात्रा स्मरण गर्दै, नेपाल प्रहरीको आधुनिकीकरण, सांगठनिक सुदृढीकरण, विकास तथा स्तरोन्नतिका लागि नेपाल सरकार र गृह मन्त्रालयको सहयोगप्रति कृतज्ञता व्यक्त गरे।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा