सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पार्टी बन्नु पर्ने बताएका छन् ।
सोमबार ललितपुरमा आयोजित नेपाली कांग्रेस र संघीयता कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन नसकेको अवस्थामा नेपाली काङ्ग्रेसलाई बहुमतको पार्टी बनाउन सबै लागि पर्नुपर्ने बताए ।
उनले भने, ‘अहिलेको संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन सकेको छैन् । त्यसकारण कुनै पार्टीसँग मिलेर जानुपर्छ । बाध्यता र अवस्था पनि त्यस्तै छ । गाह्रो छ भनेर काम गर्न छोड्ने भन्ने हुदैँन् हामी सबै मिलेर पार्टी कै बहुमत ल्याउने काममा लाग्नु पर्छ । हाम्रो पार्टीलाई जनताको साथ पनि त्यसकारण पनि बहुमत ल्याउने् तर्फ लाग्नु पर्छ ।’
यसको साथै, उनले जनताप्रति उत्तरदायी हिसाबले, जनताको सुख दुखमा साथ दिने र जनताको लागि लाग्ने किसिमको संघीयता बनाउन आवश्यक भएको भन्दै यसको लागि केही समय लाग्ने बताए ।
उनले भने, ‘जनताप्रति उत्तरदायी हिसाबले, जनताको सुख दुखमा साथ दिने, जनताको लागि लाग्ने किसिमको संघीयता बनाउन आवश्यक छ । यस्तो व्यवस्था तुरुन्तै हुन्छ भन्ने छैन्, समय लाग्छ । नेपालमा गाँउपालिका छ, जिल्लामा पनि छ, प्रदेश र संघ छ । प्रदेशको आफ्नो भूमिका छ, संघको आफ्नो अधिकार छ । देशमा रहेका हरेक जात जाती वर्गलाई अधिकार दिनुपर्छ तर हाम्रो देशको आर्थिक अवस्था ध्यानमा राखेर पनि काम गर्नुपर्ने हुन्छ । यसको साथै सानो देशको एकतालाई कुनैपनि हालतमा खलबल नहुने गरि अगाडी बढ्नु पर्छ ।’
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा