सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले २१ औं शताब्दीमा पनि वंशगत शासनको बहस गर्नु आफैंमा हास्यास्पद र हानीकारक विषय भएको बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा सचिवालय बैठकपश्चात सञ्चारकर्मीहरुसँग बोल्दै उनले २१ औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस गर्नु आफैंमा हास्यास्पद, हानीकारक विषय भएको भन्दै युवा पुस्ताले यसबारे तुलनात्मक अध्ययन गर्नुपर्ने बताए ।
उनले भने, ‘नेकपा एमाले आम जनता र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको महत्वलाई गम्भिरताका साथ आत्मसाथ गर्न, निरङ्कुश कालमा अधिकार खोसिदाको पीडालाई अनुभूत गर्न दुई शताब्दीभन्दा लामो राजतन्त्रको एकछत्र शासन कालमा मुलुकको अवस्था कस्तो थियो भनेर तुलनात्मक अध्ययन गर्न आह्वान गर्दछु । २१ औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस गर्नु आफैंमा हास्यास्पद, हानीकारक विषय हो भन्ने कुरामा विशेष जोड दिन चाहन्छौ ।’
यसका साथै, उनले विगतमा आन्दोलनका क्रममा गरिएका सहमती विपरित राजतन्त्र पटक पटक जनताका अधिकारहरुमाथि आक्रमण र सर्वसत्तावादतर्फ लागेपछि संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै जनताको यो फैसलालाई उल्टाउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने बताए ।
उनले भने, ‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान विरुद्ध भइरहेका सुनियोजित गतिविधिहरुप्रति नेकपा एमालेको गम्भिर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी, संघर्षको परिणाम हो । विगतमा आन्दोलनका क्रममा गरिएका सहमती विपरित राजतन्त्र पटक पटक जनताका अधिकारहरुमाथि आक्रमण र सर्वसत्तावादतर्फ लागेपछि राजतन्त्र र लोकतन्त्रसँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो । जनताको यो फैसलालाई उल्टाउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैँन् भन्ने कुरा स्पष्ट छ ।’
संविधान कार्यान्वयनको एक दशकको समिक्षा गरेर लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन पनि नेकपा एमाले संकल्पित रहेको उनको भनाइ छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा