सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच आज(सोमबार) पनि झडप भएको छ ।
दुई पक्षबीचको झडप बढ्न थालेपछि नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एकजना युवक घाइते भएका छन् ।
घाइते हुनेमा सहिदनगर वडा नं.१ का करिब २० वर्षीय सन्तोष यादव रहेको जनाइएको छ । घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
भठिहनस्थित चोकमा एक पक्षले यादव चोक लेखिएको बोर्ड लगाएपछि अर्को पक्षले सो बोर्ड उखालेपछि तनाव उत्पन्न भएको थियो ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा