सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । महोत्तरीको पडौल बजार तनावग्रस्त बनेको छ । शनिवार राति भएको चोरी घटनाविरुद्ध स्थानीय व्यापारीहरु आन्दोलित हुँदै बजार बन्द गराएका छन ।
बलवा नगरपालिका–३ पडौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको गरगहना चोरी भएको घटनामा स्थानीय प्रशासन र जनप्रतिनिधीको लापरबाही रहेको भन्दै व्यापारीहरु टायर बालेर प्रदर्शनमा उत्रेका छन् ।
शनिबार बजारमै रहेको शिवशान्ति ज्वेलर्समा चोरी भएको थियो । चोरले पसलमा रहेको २० तोला सुन, १ लाख ५० हजार नगद, पसलमा राखिएको भोल्ट (लकर), क्यामराको हार्डडिस्क चोरी गरेर लगेको सञ्चालक अरुण कुमार साहले बताएका छन् ।
सुन पसलमा लागेको सीसीटिभी क्यामराको हार्डडिस्क चोरहरूले लगेपछि नजिकै रहेको अन्य क्यामरामा चोरी गर्न प्रयोग भएको जीप र चोरीमा संलग्नहरूको भिडियो कैद भएको छ ।
बजारको अन्य ठाउँमा लागेको सिसिटिभी क्यामेरा सँचालनमा नरहेको भन्दै व्यापारीहरुले स्थानीय तहका पदाधिकारी र प्रशासन विरुद्ध नारावाजी गर्दै बजार बन्द गराएका छन् ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा