सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको दोस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १४ अङ्कले घटेर २ हजार ७०४ दशमलव ७० विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३३१ वटा कम्पनीका ९९ लाख ३५ हजार कित्ता शेयर ५ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ४३ करोड ९३ लाखको शेयर किनबेच भयो ।
आज फाइनान्स, होटल, लगानी, उत्पादन, म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे ३ प्रतिशतले ओरालो लागेको छ ।
यसदिन महालक्ष्मी विकास बैंकको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्शन कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा