सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चिकित्सासँग सम्बन्धित शैक्षिक व्यवस्थापनमा अनियमितता भएको भन्दै डेन्टल विद्यार्थीहरुको समूहले विरोध प्रदर्शन गरेका छन् ।
चिकित्सा शिक्षण आयोगले डेन्टल पढाइमा सहभागी हुने विद्यार्थिलाई व्यावहारिक तालिमको लागि ल्याब र बिरामी कलेजले आवश्यक व्यवस्था गर्नुपर्ने स्पष्ट निर्देशन दिएको थियो । तर, केहि कलेजहरुले आयोगको निर्देशनलाई बेवास्ता गर्दै, व्यावहारिक तालिमका लागि शुल्क असुल गर्न थालेका छन् ।
आयोगका अनुसार, यी शुल्क असुलीविरुद्ध डेन्टल विद्यार्थीहरु सडकमा उत्रिएका छन् । उनीहरुले भनिरहेका छन्, ‘शुल्क असुली रोक्न र व्यावहारिक तालिमको उचित व्यवस्था गर्न आयोगले समयमै कडा कदम चाल्नुपर्छ ।’
डेन्टल कलेजका विद्यार्थीहरु यो समस्या समाधान नभएसम्म अध्ययन बन्द गर्दै विरोध प्रदर्शन गर्न तयार रहेको बताएका छन् ।
यस विषयमा आयोगले कलेजहरुमा निरीक्षण गर्न र आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।
चिकित्सा शिक्षण आयोगले डेन्टल विद्यार्थीहरूका लागि ल्याब र बिरामी कलेजमा प्रयोगात्मक प्रशिक्षणको व्यवस्था कलेजहरूले गर्नुपर्ने निर्णय गरेको थियो । आयोगका अनुसार, डेन्टल अध्ययन गर्ने विद्यार्थीहरूले सम्बद्ध कलेजबाट एचबअतष्अब िकार्यका लागि ल्याब र बिरामी कलेजका सुविधाहरूको उपयोग गर्नुपर्नेछ ।
विज्ञप्तिमा भनिएको छ , ‘श्री विश्वविद्यालय लगायतका सबै प्रतिष्ठान र शिक्षण संस्थाहरूलाई यस विषयमा विशेष ध्यान दिन निर्देशन दिइएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २(थ) अनुसार, ‘शिक्षण शुल्क’ का तहत सबै कलेजहरूले कलेजमा भर्ना, शिक्षण, ल्याब, पुस्तकालय र परीक्षा शुल्क लिन सक्ने छन् ।यसैगरी, चिकित्सा शिक्षा छात्रवृत्ति तथा अनुदान कार्यविधि, २०७९ को दफा १६ मा निःशुल्क अध्ययनको व्यवस्था भएका विद्यार्थीहरूको लागि कुनै पनि शुल्क तिर्नु पर्ने छैन । उल्लिखित व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित संस्थाहरूलाई आग्रह गरिएको छ ।’
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा