सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीकान सम्मानीत नेता नेपाल झलनाथ खनालले बिआरआईले अधिकतम रुपमा नेपाललाई हित हुनेगर परियोजनाहरु लागू गर्ने प्रकृया थालनीको महत्वपूर्ण अवसर प्राप्त भएको बताएका छन् ।
काठमाडौंमा बिआरआईबारे नेपालको सन्दर्भमा चीन र नेपालको तर्फबाट विज्ञ तथा प्राध्यापकहरु सम्मिलित बौद्धिक व्यक्तित्वहरुको सहभागितामा ‘काष्ठमण्डप डायलग’ सिरिजको पहिलो छलफल कार्यक्रममा बोल्दै उनले नेपालले बिआरआई कन्सेप्टलाई सही ढंगले नबुझेको बताए ।
उनले भने,‘अब नेपालले बिआरआई कन्सेप्टलाई सही ढंगले बुझ्दैन हाम्रो देशको आवश्यकता अनुरुप हाम्रो देशको ठोस परिस्थिति अनुरुप हामीले बिआरआईसँग सम्बन्ध भएर के कस्ता प्रोजेक्टहरु लागू गर्न सक्छौं । आवश्यकता के हो भन्ने विषयमा गहन छलफल गर्दै प्रस्तावहरु अघि सार्दै अधिकतम रुपमा नेपाललाई हित हुनेगरी यी परियोजनाहरु लागू गर्ने प्रकृया थालनी महत्वपूर्ण अवसर प्राप्त भएको छ । त्यसको लागि हामीले बुद्दि पुर्याएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’
त्यस्तै उनले कुनै पनि कुरा अगाडि बढाउँदा सम्बन्धित स्टेक होल्डरहरुसँग,आम जनतासँग देशका वौद्धिक समुदायसँग र सम्बन्धित विशेषज्ञसँग छलफल गर्ने परम्परा विकास गर्न नसकिएको बताए ।
उनले भने,‘हाम्रो देशमा के समस्या छ भने ,हामी कुनै पनि कुरा अगाडि बढाउँदाखेरी हामीले सम्बन्धित स्टेक होल्डरहरुसँग,आम जनतासँग देशका वौद्धिक समुदायसँग र सम्बन्धित विशेषज्ञसँग छलफल गर्ने परम्परा विकास गर्न सकेके छैन् ।’
साथै उनले बिआरआई प्रोजेक्ट नेपालको लागि लाभदायी प्रोजेक्ट भएको भन्दै उनले अब विवाद हुनु पर्ने आवश्यकता नरहेको बताए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा