सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले भारतले नेपाल हिन्दुराष्ट्र भएको देख्न चाहेको बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदी सँधै हिन्दुराष्ट्रका पक्षमा रहेको पनि औंल्याए ।
‘एक अभिभावकका रुपमा राजसंस्था चाहिन्छ । नेपालका नेताहरुले पनि वाध्य भएर गणतन्त्र रोज्नुभएको हो । उहाँहरुले म सँगको कुराकानीमा वाध्यताले राजसंस्था हटाउनुपरेको बताइरहनु भएको छ । हामीले पहिल्यैदेखि देवी देउता, देउराली, ढुंगा, आकाश–पाताल, पृथ्वी, कुल मान्दै आएका हौं । त्यसैले राजसंस्थाको अलग्गै महत्व छ,’ उनले भने,‘राजसंस्था र हिन्दुराष्ट्र परिपूरक पनि हुन् ।’
हालै काठमाडौंमा भएको राजावादीहरुको प्रदर्शनमा योगी आदित्यनाथको तस्विर सार्वजनिक भएको विषयमा बोल्दै उनले भने,‘ गोरक्षपीठाधीश्वर योगी आदित्यनाथ राजा ज्ञानेन्द्रलाई श्री ५ वडामहाराजधिराज भनेर सम्बोधन गर्नुहुन्छ । राजसंस्था कायम होस भन्ने चाहनुहुन्छ ।’
राजावादीको विरोधमा देशका उच्च पदको जिम्मेवारीमा बसेको नेताहरुले अपशब्द प्रयोग गरेर गाली गरेको भन्दै उनले आपत्ति पनि जनाए ।
उनले देश नै उत्तेजित भएको अवस्थामा उच्च पदको जिम्मेवारीमा बसेको नेताहरुले अपशब्द प्रयोग गरेर गाली गरेर जलेको आगोमा पेट्रोल छर्ने काम गरेको बताए ।
उनले भने,‘देशमा ठूलो जिम्मेवारी र पदमा बसेकाहरुले अपशब्द गाली पनि गरिएका छन् । यसरी आज देश नै उत्तेजित भएको अवस्थामा जलेको आगोलाई पानी आलेर निभाउनुपर्नेमा आगोमा पेट्रोल हालेको अवस्था छ ।’
विदेशमा गएर पसिना बगाएका युवाहरुले पठाएको रेमिटेन्सबाट नेताहरुले आफ्नो स्वार्थसिद्धि गरेको उनले आरोप लगाए । उनले जलस्रोत, खनिज पदार्थ, जडिबुटीको धनी र स्वाभिमान नेपालीहरुका नेपाल आज धरधरी रोइराखेको बताए ।
उनले भने,‘हाम्रा युवायुवती विदेशमा गएर कष्ट गरेर एकएक पैसा कमाएर शरीरको रगत, पानी, पसिना बनाएर ल्याएको पैसा ट्याक्सका रुपमा लिएर नेताहरुले आफ्नो स्वार्थसिद्धि गरेका छन् । अब आउने भविष्य निकटमा जलश्रोत ,खनिज पदार्थ, जडिबुटीको धनी र स्वाभिमानी नेपालीहरु धर्तीमा आज धरधरी रोइराखेका छन् ।’
त्यस्तै उनले विगत केही समयदेखि नेपालमा हर तरहका संकटहरु आइराखेको बताए । मुलुक रहने हो या डुब्ने हो भन्ने अवस्थामा आज नेपाल पुगेको उनको भनाई छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा