सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतबार २१ दशमलव ६३ अङ्कले घटेर २ हजार ७१४ दशमलव ८५ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३१६ वटा कम्पनीका १ करोड ३९ लाख कित्ता शेयर ६ अर्ब ८३ करोड रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ५८ करोड ६६ लामा किनबेच भयो ।
आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरै ओरालो लागेको छ । यस्तै लगानी, अन्य समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
यसदिन ग्रीन विकास बैंक र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन सामुदायिक लघुवित्त कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा