सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको आरोप लगाएकी छिन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक आडमा कानुनी विभेद बढेको भन्दै उनले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको बताइन् ।
उनले भनिन्,‘देशमा भ्रष्टाचारले जडा गाडेको गाडेई छ । राजनीतिक आडमा कानुनी विभेद बढेको छ । न्याय खोज्नेले अन्याय खेप्न परेको छ ।
जनता महङ्गी बेरोजगारीको मारमा छन् । सरकार कहाँ छ त ? जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ ।’
त्यस्तै उनले सरकार नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको र देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको पनि बताइन् ।
राजावादीको आन्दोलनमा जनता राजा फर्काउन नभई सरकारकै अर्कमण्यता र भ्रष्टाचारले निराशा र दिक्क भएर निस्किएको पनि उनको भनाइ छ ।
उनले भनिन्,‘नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको छ । देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको छ । सडकमा जनता राजा फर्काउन होइन । सरकारकै अर्कमण्यता, भ्रष्टाचारले निराशा र दिक्क भएर सडकमा निस्किएका हुन ।’
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा