सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक शेष घलेले बद्री केसीले तय गरेका अनधिकृत कार्यक्रम रोक्न पत्राचार गरेका छन् ।
घलेले थाइल्याण्डमा आयोजना हुन लागेको युवा सम्मेलन, कम्बोडियामा आयोजना भएको एसिया प्यासिफिक सम्मेलन र माल्टामा तय भएको युरोप क्षेत्रीय सम्मेलन रोक्न पत्राचार गरेका हुन् ।
उनले सम्बन्धित एनसीसीहरुलाई छु्ट्टाछुट्टै पत्र पठाएर ती कार्यक्रम अनधिकृत भएकाले सर्वोच्च अदालतको परमादेश स्मरण गराइएको छ ।
सम्बन्धित एनसीसीले एकीकृत महाधिवेशन केन्द्रित कार्यक्रम भन्दा अन्य गतिविधि नगर्न नगराउन घलेको निर्देशन छ ।
ती स्थानमा अन्य गतिविधी गर्न गईरहेको भन्ने जानकारी आएकोले ती कार्यक्रम तत्काल रोकि उच्चस्तरीय समितिलाई जानकारी गराउन समेत भनिएको छ । सो निर्देशनको पालना नगरेमा सर्वोच्च अदालतको परमादेश तथा फैसला कार्यान्वयन निर्देशनालयको निर्देशनलाई पालना नगरेको निष्कर्स सहित कारवाहिको लागि सिफारिस गरिने पत्रमा उल्लेख गरिएको छ ।
गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिबाट २०२५ मे ३ देखि ५ सम्म काठमाडौँमा हुने अन्तराष्ट्रिय महाधिवेशनलाई सफल बनाउन विश्वभर रहेका नेपालीहरूको एकता, सशक्तिकरणका लागि योगदान पुर्याउने उद्देश्य साथ अगाडि बढिरहेको समेत स्मरण गराइएको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा