सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले प्रहरीले घटनामा नेतृत्वदाही भूमिका निभाउने हो भने छिटो समाधान हुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपाल प्रहरीसँग शैक्षिक परामर्श व्यवसाय अन्तरक्रिया कार्यक्रममा उनले प्रहरीले काम नगरेर तारिख मात्र बनाउने हो भने प्रहरीप्रति जनताको विश्वास घट्ने भन्दै प्रहरीको नेतृत्वदाही भूमिका हुनुपर्ने बताए ।
उनले भने, ‘प्रहरीले सच्चाउनु पर्ने कुरा भनेको के हो भने तिमि मिलेर आउ भनेर बाहिर राख्दिन्छ मिल्ने भए प्रहरीका पुग्नु पर्ने अवस्था नै आउदैँन् थियो । प्रहरीले के गर्नुपर्यो भने नेपालको कानूनले यो भनेको छ तिम्रो यो गल्ती हो भनेर नेतृत्व लिने हो भने त्यो केश छिटो समाधान हुन्छ प्रहरीले मिलेर आउ भनेर २ घण्टा बाहिर राखेर मिल्नु भएन भने भोली आउनु भनेर तारिख बनाइ दियो भने त्यो प्रहरीप्रति जनताको विश्वास घट्छ ।’
यस्तै, नेपाललाई शिक्षाको हब बनाउनु पर्ने पनि उनको भनाई छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा