सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डीसीसी कप’ हुने भएको छ।
यही चैत २ देखि ९ गतेसम्म हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाबाट सहभागी हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष वुढाथोकीले जनाएका छन् ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेता टोलीले एक लाख रुपैंया प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि सशस्त्र प्रहरी बल, अखिल नेपाल फुटबल संघ (एन्फा) र काठमाडौं जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गर्ने छन् ।
काठमाडौं प्रमुख वुढाथोकीले अर्को वर्षदेखि प्रतियोगिता ७७ वटै पालिकाको सहभागितामा बृहत रुपमा आयोजना गर्ने लक्ष्य रहेको बताए ।
उनले भने,‘यो वर्षको प्रतियोगिताको सफलता पछि अर्को वर्ष हामी यसलाई देशब्यापी बनाउनेछौं।’
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा