सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन भने शेयर बजार दोहोरो अंङ्कले बढेको छ । भोली बिहिबार होलीको बिदाका कारण आज बुधबार शेयर बजार परिसूचक नेप्से १७ दशमलव २८ अङ्कले बढेर २ हजार ७३६ दशमलव ४८ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको यसदिन ३२३ वटा कम्पनीका २ करोड २९ लाख कित्ता शेयर ८ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको प्रोमोटोर शेयर ८१ करोड ३६ लाखको शेयर किनबेच भयो ।
आज विकास बैंक र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा लगानी र अन्य समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
यसदिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । शेयर बजार दोहोरो अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा