सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ पुनः निर्वाचित भएका छन् ।
मंगलबार भएको मतदानमा श्रेष्ठले ५ सय ७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी राजकुमार श्रेष्ठले ३ सय ८८ मत प्राप्त गरेका छन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा देवनारायण श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ४ सय ५ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार वीरबल चौधरीले ४ सय ५१ मत पाएका छन् ।
महासचिवमा वासु भेटवाल ६ सय ४६ मत प्राप्त गरी विजयी भएका छन् । महासचिवका अर्का उम्मेदवार मेघबहादुर कार्कीले २ सय ६६ मत पाएका छन् ।
उप–महासचिवमा नेत्रजङ थापा ४ सय ३१ मत प्राप्त गरी निर्वाचित भएका छन् । उप–महासचिवका अर्का उम्मेदवार युवराज श्रेष्ठले ३ सय ७४ र सोनी कुमारी झाले १ सय ४ मत पाएका छन् ।
महिला सचिवमा सृजना श्रेष्ठ ५ सय ४१ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । अर्की उम्मेदवार रेजिना श्रेष्ठले ३ सय ४१ मत पाएकी छिन् ।
त्यसैगरी, वस्तुगत उपाध्यक्षमा रामकुमार राजभण्डारी, खुला सदस्यहरूमा रामबहादुर विश्वकर्मा, सञ्जय शाह, हिमेश श्रेष्ठ, राजकुमार श्रेष्ठ र रामचन्द्र पौडेल विजयी भएका छन् । आजीवन सदस्य पदमा दिगम्बर चौधरी, एशोसियट तर्फ शाह आलम साफी र महिला सदस्यमा ललिता न्यौपाने निर्वाचित भएको संघले जनाएको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा