सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । निजी विद्यालयका छाता संगठन प्याबसनको नवनिर्वाचित समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरेको छ ।
बुधबार प्याबसनको कार्यालय तिनकुनेमा आयोजित एक समारोहकाबीच १६ औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेको हो ।
सपथग्रहणपछि निर्विरोध नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन सम्पन्न भएको जानकारी दिए ।
उनले भने,‘असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन भएको थियो । राम्रो राम्रो साथिहरु छानिएर आउनुभयो । जो छानिनुभएन उहाँहरु पनि असल हुनुहुन्थ्यो ।’
त्यस्तै उनले पहिलो प्राथमिकता शिक्षा विधेयक नै रहेको र विधेयकमा विद्यालयहरु कम्पनिमा नै रहनुपर्ने कुरालाई समेट्नुपर्ने मुद्दा रहेको बताए ।
उनले भने,‘हाम्रो सम्पति कम्पनिमा नै रहोस् । पुस्तान्तरण होस् भन्ने हामी चाहान्छौं । हामीसँग विभिन्न मुद्दाहरु छन् । किन्ने सामानहरुमा बढि कर तिरेको छौं । त्यसबारे सरकारमा कुरा राख्नेछौं । पहिलो प्राथमिकता हाम्रो शिक्षा विधेयक नै हो । हाम्रा विद्यालय कम्पनिमा रहनुपर्छ । भन्ने पहिलो मुद्दा हो ।’
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा