सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा आगामी चैत्र १५ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
मंगलबार नेकपा एसको कार्यालय आलोकनगरमा बसेको मोर्चाको ११ औं बैठकले आगामी चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगमन र प्रतिगामी हर्कतको खिलाफमा हजारौं जनताको उपस्थितिमा विरोध प्रदर्शन गर्ने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
उनले भने, ‘आगामी चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगमन र प्रतिगामी हर्कतको खिलाफमा काठमाडौंमा हजारौं जनताको विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने निर्णय भएको छ ।’
त्यस्तै, उनले नेपाली जनताले बलिदान दिएर स्थापित गरिएको गणतन्त्रका विरुद्धमा गम्भिर षड्यन्त्र सुरु भएको पनि बताए ।
उक्त हर्कत दुर्दशा निमत्याउने घटनाको रुपमा आएकोले सशक्त प्रतिवाद गर्न र आम जनताकोबीच अपिल गर्न आगामी चैत्र १ गते बिहान नेपालका सबै बुद्दिजिवीहरु नागरिक समाजसँग एउटा परामर्श छलफल कार्यक्रम तय भएको पनि जानकारी दिए ।
‘देशमा आश्चर्यजनक घटनाहरु घटाउने कुचेष्टा गरिएको छ । नेपाली जनताले बलिदान दिएर स्थापित गरिएको गणतन्त्रका विरुद्धमा गम्भिर षड्यन्त्र सुरु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर त्यसको अभ्यास गर्दै जाँदा आफैमा अनिवार्यता रहने सिमा रहेका कारण जनताले अझ विकास कसरी गर्ने भनेर चिन्तन गरेर आवाज उठाइरहेको बेला ६५ सालमा नेपाली जनताले हटाइ सकेको राजालाई पुनस्थापना गर्ने जुन हर्कत चलेको छ ।’ उनले भने ‘यो देश र जनताको विरुद्ध ठूलो प्रतिगामी षड्यन्त्र भइरहेको छ । समाजवादी मोर्चामा यो स्वीकार छैन् । यो हर्कत दुर्दशा निमत्याउने घटनाको रुपमा आएकोले सशक्त प्रतिवाद गर्न आम जनताकोबीच अपिल गर्न आगामी चैत्र १ गते बिहान नेपालका सबै बुद्दिजिवीहरु नागरिक समाजसँग एउटा परामर्श छलफल कार्यक्रम तय भएको छ ।’
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा