सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं नयाँबजारस्थित “Decor Palace” मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फर्निचर शोरुममा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। Decor Palace मा घर तथा अफिसहरूको लागि आवश्यक सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न गुणस्तरीय सामग्री उपलब्ध छन्।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका विभिन्न व्यवसायहरूसँग सहकार्य गर्दै विशेष छुट र सेवा प्रदान गर्दै आइरहेको छ। हालै बैंकले नगरकोटस्थित चर्चित रिसोर्ट “Club Himalaya” र “Hotel Himalayan Villa” मा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
संस्थागत सुशासनलाई शिरोधार्य गर्दै, समाजप्रति उत्तरदायी रहने उद्देश्यका साथ बैंकले नवीनतम सोच राख्दै विभिन्न सामाजिक कार्यहरूमा संलग्न हुँदै आएको छ। नेपालमा सञ्चालित अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हितलाई उच्च प्राथमिकतामा राखेको छ।
स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यता राख्दै, बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न महत्वपूर्ण पहलकदमी लिएको छ। “न्यानो नानी” परियोजनामार्फत बैंकले हरेक वर्ष १९९८ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। समाजमा जीवन रक्षाका कार्यहरूमा योगदान दिने संस्थाहरू मध्ये ज्योति विकास बैंक अग्रस्थानमा रहेको छ।
बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूरा गर्दै गएको आर्थिक वर्षमा रु. ४० करोड कर तिरेको छ। साथै, चालु आर्थिक वर्षको पौष मसान्तसम्म रु. १५ करोड कर बुझाइसकेको छ।
ज्योति विकास बैंकले उपत्यका भित्र र बाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ। ग्राहकहरूको सहजता र पहुँचलाई मध्यनजर गर्दै, बैंकले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिइरहेको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा