सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । शेयर बजार लगातार घट्ने क्रम आज सातौं दिन पनि रोकिएन । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव २१ अङ्कले घटेर २ हजार ७१९ दशमलव २० विन्दुमा झरेको छ ।
यसदिन आज ३०३ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ८ अर्ब ३९ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ५८ करोड ६५ लाखको शेयर किनबेच भयो ।
आज विकास बैंकबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन समूहको शेयर साढे २ प्रतिशतले ओरालो लागेको छ । यस्तै फाइनान्स, जलविद्युत्, लगानी, अन्य, व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
यसदिन नेस्डो समृद्ध लघुवित्त कम्पनीको शेयर साढे ६ प्रतिशतले ओरालो लागेको छ । बजार उच्च अङ्कले घटेको दिन महालक्ष्मी विकास बैंकको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा