सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनता समाजको मेरुदण्ड भएको बताएका छन् । धनुषाको धनुषाधाम नगरपालिकामा ‘जनतासंग सभामुख’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
जनताको बलबुताले संघीयता हासिल भएर आज कोही मेयर, कोही मन्त्री, कोही प्रधानमन्त्री, त कोही राष्ट्रपति बनेको भन्दै उनले जनप्रतिनिधीहरुलाई जनताप्रतिको उत्तरदायित्व नबिर्सन आग्रह गरे ।
उनले संविधानले दिएको व्यवस्थाको सही उपयोग गर्नुपर्नेमा जोड दिँदै भने, ‘हाम्रो व्यवस्थाले अहिले जनतालाई सबै अधिकार दिएको छ तर चुनावका बेला सबैलाई खुसी पार्ने गरी मतदान गर्दा परिणाम खिचडी जस्तो देखिएको छ । अब स्पष्ट बहुमत दिने निर्णय गर्नुपर्छ, जसले काम गर्दैन, उसलाई जनताले कडा सजाय दिनुपर्छ ।’
त्यस्तै, सभामुख मण्डलले धनुषा क्षेत्रका स्थानीय सरकार प्रमुखहरूसँग सहकार्य गर्न कठिनाइ भएको अनुभव सुनाए । उनले भने, मेरो क्षेत्रमा पाँच वटा नगरपालिका छन्, तर कतिपय मेयरहरु फोन नै उठाउँदैनन् । काम गर्न नमिल्नेहरूसँग पनि समन्वय गर्नुपर्छ, किनभने मिल्नेहरूसँग त सबै मिल्छन् ।
कार्यक्रममा नागरिक समूहका अगुवाहरूले स्थानीय समस्याका बारेमा आफ्नो धारणा र प्रश्नहरु सभामुख मण्डल सामू राखेका थिए ।
उनीहरुको प्रश्नको उत्तर दिँदै सभामुख मण्डलले जनताको समस्या समाधान गर्न प्रदेशसभा प्रतिवद्ध रहेको बताए । ‘हामी जनताको लागि काम गरिरहेका छौँ, तपाईंहरूको विश्वास र आशीर्वादले म सभामुख बनेको हुँ,’ उनले भने ।
धनुषाधाम नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष जयनारायण यादवको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, प्रदेश सभाका सचिव तथा कर्मचारी, नागरिक समाजका अगुवा, बुद्धिजीवी र स्थानीय जनताको उपस्थिति रहेको थियो ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा