सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले तोकिएको मापदण्ड बाहिर गएको सवारी साधनलाई कारबाही गर्ने हिसाबले अगाडि बढेको बताएका छन् ।
सोमबार काठमाडौं महानगरपालिकामा स्थलगत सवारी साधन परीक्षणबाट प्राप्त निष्कर्षहरू साझा गर्दै उनले सवारी साधनबाट धेरै प्रदूषण हुने भएको हुनाले त्यसको जाँच गरेर कारबाहीको दायरामा ल्याउने हिसाबले अगाडि बढेको बताए ।
उनले भने,‘राजधानीबासीहरुको स्वास्थ्यमा प्रतिकूल असर हुनेगरि क्यान्सर जस्तो घातक रोगहरु निम्ताउने र फोक्सोका रोगहरु पनि निम्ताउने प्रदूषण सवारी साधनबाट आउने गरेको हुनाले सवारी साधनलाई मेनटेन गरेर मात्र चलाउनुपर्छ, तोकिएको मापदण्ड बाहिर गएको सवारी साधनलाई नियन्त्रणमा लिनुपर्छ भन्ने हिसाबले कारबाही चलाएका छौ ।’
यसको साथै, उनले एक डेढ महिनाको अवधिमा हेर्दा सार्वजनिक यातायातको सवारी साधन झण्डै ७० प्रतिशतको हाराहारीमा मेनटेन नभएको देखिएको भन्दै जाँच गर्दा पास नभएको सवारी सधानलाई ग्यारेजबाट बाहिर निस्किन नदिने प्रक्रियामा रहेको बताए ।
उनले भने, ‘एक डेढ महिनाको अवधिमा हेर्दा सार्वजनिक यातायातको सवारी साधन झण्डै ७० प्रतिशतको हाराहारिमा मेनटेन नभएको देखिन्छ । हामीले एक महिना जति टेस्ट गरेर, कबुल गर्न लगाउँदा पनि सुधार भएको छैन्, त्यसकारण सार्वजनिक यातायातको साधनलाई अब उहाँहरुको ग्यारेजमा नै गएर जाँच गर्छौ । हामीले जाँच गर्दा पास नभएको सवारी सधानलाई ग्यारेजबाट बाहिर निस्किन नदिने प्रक्रियामा छौ । नीजि गाडीहरुले पनि धेरै धूँवाहरु फालेको देखिन्छ र ती गाडिहरुलाई भने नियन्त्रणमा लिएर कारबाही पनि गरेका छौ ।’
ग्रीन स्टिकट भएका सवारी साधनले पनि धूँवा फालेको हुनाले यो सँग सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गएर कसरी जाँच हुने गरेको छ । त्यसको पनि निरिक्षण गरेको उनको भनाई छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा