सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका पक्षमा जनताको बलियो समर्थन रहेको दाबी गरेका छन्। सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन २५ गते काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको जनसहभागिता यसका लागि प्रमाण भएको निष्कर्ष निकालेको छ।
बैठकले काठमाडौंमा भएको जनप्रदर्शनलाई ऐतिहासिक ठहर गर्दै राजनीतिक दलहरूलाई जनभावना सम्बोधन गर्न आग्रह गरेको छ। साथै, जनभावनालाई दबाउने प्रयास भए परिस्थिति नियन्त्रण बाहिर जाने चेतावनीसमेत दिएको छ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “जनताको चाहना र भावनालाई दमन वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रणभन्दा बाहिर जानेछ तथा अप्रिय दुर्घटना हुनसक्छ। यसतर्फ सबै राजनीतिक दलहरू सचेत रहनुपर्छ।”
राप्रपा नेपालले हिन्दुराष्ट्र पुनःस्थापना, राजसंस्थाको पुनरागमन, संघीयता खारेजी र भ्रष्टाचार अन्त्यलाई जनताको मुख्य चाहना भएको दाबी गरेको छ। बैठकले सबै राष्ट्रवादी शक्तिहरूलाई एकजुट भई ‘सर्वपक्षीय आन्दोलनको मोर्चा’ गठन गर्न तथा जनआन्दोलन घोषणा गर्न अपिल गरेको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा