सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही संवेदनशील क्षेत्र तोकी दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ। आइतबार (फागुन २५) देखि लागू हुने गरी राष्ट्रपतिको कार्यालय शीतल निवास, सिंहदरबार, बालुवाटार, लैनचौर, र नयाँ बानेश्वरस्थित संसद् भवन आसपास निषेधित क्षेत्र घोषणा गरिएको छ।
प्रशासनले जारी गरेको आदेशअनुसार, ती स्थानमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर अनशन, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम आयोजना गर्न नपाइनेछ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा भनिएको छ, “२०८१ साल फागुन २५ गतेदेखि लागू हुने गरी दुई महिनासम्म पाँचजनाभन्दा बढी भेला भई धर्ना, जुलुस, प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।”
यस्तै, विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा क्षति भएमा आयोजकबाटै क्षतिपूर्ति असुल गरिने आदेशमा उल्लेख गरिएको छ। प्रशासनले ‘स्थानीय प्रशासन ऐन, २०२८’ तथा ‘सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि, २०८१’ अनुसार क्षतिको मूल्यांकन गरी आयोजकबाट क्षतिपूर्ति भराइने चेतावनी दिएको छ।
निषेधाज्ञा आदेशको उल्लंघन गरे कानूनी कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा