सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा आयोजित ‘सांग्रिला क्विज २०८१’ को फाइनल चरण सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम चरण अर्थात् ‘कन्ट्रि राउन्ड’ मा १० टोलीले प्रतिस्पर्धा गरेका थिए, जसमा काठमाडौँ क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी प्रथम भएका छन्। यस्तै, सुर्खेत सब-क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी दोस्रो स्थान हासिल गर्न सफल भएका छन्।
विजेता सुवेदी र श्रेष्ठले जनही रु. ६०,००० पुरस्कार प्राप्त गरेका छन् भने द्वितीय भएका चौधरी र बीसीले जनही रु. ४०,००० पुरस्कार जितेका छन्। प्रतियोगिताका विजेता तथा कन्ट्रि राउन्डमा पुग्ने सम्पूर्ण प्रतिस्पर्धीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले पुरस्कार तथा मायाको चिनो प्रदान गर्नुभएको थियो।
यस प्रतियोगितामा इटहरी, काठमाडौँ, नेपालगञ्ज, पोखरा क्लस्टर तथा वीरगञ्ज, बुटवल, चितवन, दाङ, धनगढी, र सुर्खेत सब-क्लस्टरका २० जना प्रतिस्पर्धी सहभागी भएका थिए। यसअघि सञ्चालन भएका ‘ब्रान्च राउन्ड’ र ‘क्लस्टर राउन्ड’ बाट उत्कृष्ट खेलाडीहरू छनोट गरिएको थियो। ब्रान्च राउन्डमा ४७६ जना र क्लस्टर राउन्डमा १९६ जनाले प्रतिस्पर्धा गरेका थिए।
सांग्रिला डेभलपमेन्ट बैंकले वि.सं. २०८० बाट ‘सांग्रिला क्विज’ आयोजना गर्दै आएको छ। यस वर्षको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।
कार्यक्रमका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकमा लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो। ग्राहकहरूको विश्वासका कारण हाल बैंकले ११२ शाखा र ३० एटीएममार्फत सेवा प्रदान गरिरहेको छ। बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, र आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी रूपमा लागू गर्दै आफ्नो सेवा अझ गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा