सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार २० दशमलव ६८ अङ्कले घटेर २ हजार ७५१ दशमलव ४२ विन्दुमा झरेको छ ।
यसदिन ३११ वटा कम्पनीका १ करोड ५० लाख कित्ता शेयर ८ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनिको ७३ करोड ५० लाख रुपैयाको शेयर किनबेच भयो ।
आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा म्युचल फन्ड समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै लगानी र व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज उपकार लघुवित्त कम्पनीको शेयर झन्डै ७ प्रतिशतले घटेको छ । बजार दोहोरो अङ्कले घटेको दिन नेस्डो समृद्ध लघुवित्त कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा