सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर । मकवानपुर जिल्लामा पहिलो महिला प्रमुख जिल्ला अधिकारी(सिडिओ)स्कीम श्रेष्ठले जिल्ला प्रशासन मकवानपुरले नागरिकले महशुस गर्नेगरि सेवा उपलब्ध गराउने बताएकी छन् ।
गत फाल्गुन १५ देखि प्रमुख जिल्ला अधिकारी मकवानपुरको जिम्मेवारी सम्हालेकी श्रेष्ठले आज जिल्लाका सञ्चारकर्मीहरुसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुलाई सहि सुचना सम्प्रेषण गरी जिल्ला प्रशासनको काम कारबाहीमा सघाउनसमेत अनुरोध गरेकी हुन् ।
उनले भनिन्,‘हाम्रो ध्यान पु¥याउन र हामीलाई जिम्मेवार बनाउन यहाँहरुको कलम चल्नेछ भन्ने हाम्रो अपेक्षा हो । सत प्रतिशत सहि सुचनामात्रै सम्प्रेषण गर्नुहोस् ।’
प्रशासनका गतिविधिलाई खबरदारी गर्न र भएका उपलब्धिलाई सही सुचनाका माध्यमबाट जनतासमक्ष पु¥याउन श्रेष्ठले आग्रह गरेकी छन् ।
कार्यक्रममा सञ्चारकर्मीहरुले लागुऔषध दुव्र्यसनी न्यूनीकरण, अवैध क्रसर उद्योग सञ्चालन, ट्राफिक नियमको उलङ्घन, खानी दोहन, यौनजन्य धन्दाको विकृति लगायतका विषयमा प्रजिअ श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।
यस्तै यसअघिका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल सहसचिवमा बढुवा भएर मन्त्रालय पदस्थापित भएपछि राजेन्द्र प्रसाद कँडेलले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन् ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा