सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १, ११ र १७ मा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणमा आएको छ ।
पशु सेवा कार्यालयले प्रभावित वडामा कीटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बङ्गुरको ओसारपसारमा गरिएको कडाइ तथा अन्य चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि स्वाइन फिभर नियन्त्रणमा आएको हो ।
गएको मङ्सिरदेखि फैलिएको स्वाइन फिभरबाट हेटौंडा उपमहानगरपालिकाका तीनवटा वडामा किसानले पालेका दुई सयभन्दा धेरै बङ्गुर मरेका थिए ।
यस्तै तीन लाख भेडाबाख्रामा पीपीआर खोप लगाइएको पशु सेवा कार्यालयका प्रमुख डा.ब्रजकिशोर ठाकुरले बताए । भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फार्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरेको उनको भनाइ छ ।
त्यस्तै पशु सेवा कार्यालयले मकवानपुरमा किसानले पालेको आठ हजार गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । साथै जिल्लाका एक हजार कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा