सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय जनमोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिबाट लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि खतरा बढेको चेतावनी दिएको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा राजावादी शक्तिहरू सक्रिय भइरहेका बेला लोकतान्त्रिक, गणतान्त्रिक र परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको उल्लेख गरिएको छ।
जनमोर्चाले बारम्बार पूर्वराजाका गतिविधिहरू प्रतिगमन उन्मुख रहेको बताउँदै परिवर्तनकारी शक्ति विभाजित भएमा लोकतान्त्रिक उपलब्धिहरू गुम्न सक्ने चेतावनी दिएको छ।
“लोकतन्त्रवादी, गणतान्त्रिक र धर्मनिरपेक्षताको पक्षधर शक्तिहरू एकताबद्ध नभए देशलाई पुनः निरंकुशतातर्फ धकेल्ने प्रयास सफल हुन सक्छ,” विज्ञप्तिमा उल्लेख छ।
जनमोर्चाले सबै लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध भई प्रतिगामी प्रयासलाई परास्त गर्न आग्रह गरेको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा