सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना गरिएको छ ।
आइतवार युवा तथा खेलकुद मन्त्री एवम् प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष तेजुलाल चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका सहअध्यक्ष यामलाल कँडेलले वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा सचिवालयको उद्घाटन गरेका हुन् ।
सचिवालय उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अब तोकिएकै मिति आगामी जेठ ३ गतेदेखि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता जनाए । दुई पटक मिति तोकेर पनि प्राविधिक कारणले प्रतियोगिता हुन नसको भन्दै आगामी तोकिएको मितिमा प्रतियोगिता हुनेमा विश्वस्त हुन मन्त्री चौधरीले आग्रह गरे । सचिवालय स्थापनासंगै प्रतियोगिता हुँदैन कि भन्ने आशंकाको अन्त्य भएको उनको भनाई छ ।
कर्णाली सरकारका मुख्यमन्त्री एवं प्रतियोगिता मूल तयारी समितिका सहअध्यक्ष यामलाल कँडेलले प्रतियोगिता कुनै पनि बहानामा सार्न नहुने बताए । ण्सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अब खेलाडी र प्रशिक्षकहरुलाई प्रतियोगिताको तयारी गर्न आग्रह गरे । प्रतियोगिताले खेलाडीहरुको खोजी, उत्पादन र संरक्षण गर्ने भएकोले अव तोकिएको मितिमा प्रतियोगिता हुने दावी गरे । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रतियोगितालाई व्यवस्थित गराउनका लागि स्थानीय तहले पूर्ण प्रयास गर्ने प्रतिवद्धता जनाईन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले यही फागुन २० गते मूल आयोजक समितिको बैठकले फागुन २५ गते सुर्खेतमा सचिवालय स्थापना गर्ने निर्णय अनुसार आइतवार कर्णाली प्रदेश रंगशालामा सचिवालय स्थापना गरिएको बताए ।
राखेपको ११८ औं बोर्ड बैठकले आगामी चैत्र २३–३० गतेको मिति तोकेको थियो । तर अर्थ मन्त्रालयले बजेट स्वीकृतिमा बिलम्ब गरेको कारण देखाउँदै चैत्रमा सम्भव नभएको भन्दै मिति सारिएको थियो । संघीय सरकारले चालू बर्षमा प्रतियोगिता सम्पन्न गर्न ६० करोड रुपैयाँ विनियोजन गरेको थियो । तीन वर्ष अघि गण्डकीको पोखरामा नवौं राष्ट्रिय खेलकुद समापन हुँदा २०८१ मंसिर २–९ गतेको मिति प्रस्ताव गरिएको थियो ।
पूर्वाधार तयारी अवस्थामा हुँदासमेत सरकारले प्रतियोगिता सञ्चालनमा चासो नदिएको खेल क्षेत्रका सरोकारवालाको गुनासो छ । राखेपले बारम्बार मिति सार्दा तयारीमा अन्यौल सिर्जना भएको थियो । बारम्बार मिति सारिँदा प्रतियोगिताको समग्र व्यवस्थापनका साथै खेलाडी प्रशिक्षण लगायतका कामहरुमा अन्यौलता सिर्जना भएको खेडाडीहरुको गुनासो छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा