सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । एनएमबि बैंकले नेतृत्व परिवर्तन गर्दै गोबिन्द घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त गरेको छ। बैंकका सञ्चालक समितिको बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) पदमा रहेका घिमिरेलाई आगामी चार वर्षका लागि CEO नियुक्त गर्ने निर्णय गरेको हो।
साथै, बैंकले नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई बढुवा गरी बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (Senior Deputy CEO) बनाएको छ। यो निर्णय २०८२ साल बैशाख १० गतेदेखि लागू हुनेछ।
एनएमबि बैंकलाई ‘दि फाइनान्सियल टाइम्स’ लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा सन् २०२१ मा एसियाकै उत्कृष्ट बैंकको उपाधि प्रदान गरिएको थियो। बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा