सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ उत्रिदा समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् ।
शाह पोखराबाट काठमाडौंका लागि समीट एयरको जहाजमार्फत आइतबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएका थिए ।
पोखरामा राजावादीहरुले उनलाई पञ्चेबाजासहित बिदाइ गरेका थिए । विमानस्थल अगाडि समर्थकहरू जम्मा भइ राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरेका थिए ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागतको तयारी गरेका छन् । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दनको स्वीकार गरेका थिए ।
यता, अप्रिय घटना नहोस् भनेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा