सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज विमानस्थलमा भव्य स्वागत गर्न अपिल गरेकी छन्। पूर्वराजालाई ‘सरकार’ सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमामार्फत यस्तो आग्रह गरेकी हुन्।
मनिषा लेख्छिन्, ‘आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोध, आज पोखराबाट सरकारको काठमाडौं सवारी हुँदै छ, सरकारको भव्य स्वागत गरौँ।’
आफूलाई कट्टर गणतन्त्रवादी भन्ने कांग्रेसजनका ‘आदर्श पुरुष’ बीपी कोइरालाका नातिनी मनिषाले पछिल्लो समय राजसंस्थाको वकालत गर्दै आएकी छन्।
आइतबार पोखराबाट आउन लागेका पूर्वराजा शाहलाई राजावादी राजनीतिक दल एवं विभिन्न समूहले भव्य स्वागत गर्दैछन् । उनलाई विमानस्थलदेखि निर्मलनिवाससम्म पुर्याउने उनीहरूको योजना छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा