सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न आग्रह गरेका छन्।
शाहीले आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै कतारका राजालाई स्वागत गर्न सक्ने सरकारले आफ्नै देशका पूर्वराजालाई किन सम्मान गर्न नहुने भन्दै प्रश्न उठाएका छन्। उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौँ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने? राजा सबैका साझा हुन्, प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन्।’
उनले सरकारलाई जनताको इच्छा र आकाङ्क्षा दमन नगर्न चेतावनी समेत दिएका छन्। उनका अनुसार विगत १६ वर्षदेखि मुलुकमा ‘लुटतन्त्र’ मच्चाइएको छ, जसका कारण लाखौं युवा रोजगारीका लागि विदेशिन बाध्य भएका छन्। उनले वर्तमान सरकारलाई आरोप लगाउँदै लेखेका छन्, ‘उद्योगधन्दा बन्द गर्यौ, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवाहरूलाई पैसामा बिक्री गर्ने धन्दा चलायौ। अदालत, प्रहरी, कर्मचारी प्रशासन, शिक्षक सबैलाई दलगत बनायौ। भ्रष्टाचारले राज्य प्रणाली नै अस्तव्यस्त बनिसकेको छ।’
शाहीले देशमा स्थिरता र सुशासन कायम गर्न राजसंस्था पुनःस्थापना आवश्यक रहेको दाबी गरेका छन्। उनले लेखेका छन्, ‘अब तिमीहरू जस्ता भ्रष्टाचारीहरूलाई तह लगाउनका लागि एउटा संस्था चाहियो, जसलाई भनिन्छ राजसंस्था।’ उनका भनाइमा राजसंस्था पुनर्बहाली भए मात्र देशले स्थिरता पाउनेछ।
शाहीको यो अभिव्यक्तिपछि राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। राजसंस्थाको पुनर्बहालीको माग गर्दै पछिल्लो समय विभिन्न स्थानमा प्रदर्शनहरू पनि भइरहेका छन्।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा