सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुगु । जिल्लाका सोरुगाँउपालिकाको शिक्षा, स्वास्थ्य र स्थानीय नागरिकहरुको आय आर्जनमा सुधार ल्याउनको लागि सामूदायिक बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेर गएका सामान र मूल्य नपर्ने बस्तुहरुको बिभिन्न शैक्षिक सामाग्री निर्माणमा प्रोत्साहन गरिएको छ ।
युनाइटेड मिसन टु नेपाल(युएमएन) मुगु कल्ष्टरको आर्थिक तथा प्राविधिक सहगोग र ग्रामिण सामूदायिक विकास संस्था (जिएसएस)को सहजीकरणमा यस्तो कार्यक्रम गरिएको हो ।
खेर गएका र मूल्य नपर्ने बस्तुहरु निर्माण सम्बन्धि तालिम शिक्षकहरुलाई दिएपछि त्यसले प्रभावकारी रुप समेत लिएको छ । गाँउघरमा मूल्य नपर्ने काठ, ढुङ्ख, माटो, निगालो, खेर गएका कागज, कपडाका टुक्राबाट पाठ्य पुस्तकसँग मिल्ने शैक्षिक सामाग्रीहरु निर्माण गरी बिद्यालयमा बालबालिकाहरुलाई शिक्षा दिदा व्यवहारिक ज्ञान हासिल गर्न सहज भएको शिक्षक रत्नराज चौलागाईले बताए ।
सोरुगाँउपाकिको शिक्षामा सुधार ल्याउनको लागि पालिकामा रहेका ३९ वटा सामूदायिक विद्यालयमा ईसिडी कक्षादेखि ३ कक्षासम्म अध्यनरत बालबालिकाहरुको व्यावस्थापनको लागि कक्षा कोठाको भुइसिलिङ, कक्षाकोठा हापसिलिङ, कुसन, पिर्फम, कार्पेट, सुज र्याक, बुक र्याक, टेबुल, बेन्च, शैक्षिक क्रियाकलापका आधारमा सिकाईका लागि शिक्षकहरुलाई सहज भएको ग्रामीण सामूदायिक विकास संस्था(जिएसएस) मुगुका कार्यक्रम संगोजक बासु रावलले बताए ।
सक्रिय शिक्षण सिकाई (एटिएल) तालिम बाट बजार, गाँउघरमा खेर गएका कागज, काठ,ढुङ्ख,सिसा,कपडाका टुक्र्रा लगाएत मूल्य नपर्ने बस्तुहरुबाट बिभिन्न ६०–६५ प्रकारका शैक्षिक सामग्रीहरु निर्माण गरी शिक्षण सामाग्रीबाट शिक्षा दिने गरेको शिक्षिका कोपिला सुनारले बताइन् ।
यस्ता किसिमका कार्यक्रमहरु प्रभावकारी बनाउँदा दाताबाट अन्य थप शिक्षामा सहयोग पुग्ने समेत युनाइटेड मिसन टु नेपालका लिडर नेत्र बहादुर शाहीले बताए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा