सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान आईपीओ बाँडफाँट प्रक्रिया पूरा भएको हो।
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा १९ लाख ९७७ जना सर्वसाधारण आवेदकहरूले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए। यो मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको हो। मागभन्दा धेरै आवेदन परेकाले गोलप्रथा विधिमार्फत बाँडफाँट गरिएको हो।
कुल १८ लाख ६ हजार ७६२ कित्ता आवेदन सदर भएको छ भने १० हजार ३८६ आवेदन विभिन्न कारणले बदर भएको क्यापिटलले जनाएको छ। कुल सदर आवेदकहरूबाट २ करोड २२ लाख ७४ हजार ३९० कित्ता शेयरका लागि आवेदन परेको थियो।
आईपीओ बाँडफाँटपछि १ लाख ८४ हजार ५०० जना आवेदकले १० कित्ताका दरले १८ लाख ४५ हजार कित्ता शेयर पाएका छन्। तर, बाँकी १६ लाख २२ हजार २६२ जना आवेदक भने हात खाली भएका छन्।
कम्पनीले फागुन ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको थियो। नेपाल माइक्रो इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
आईपीको नतिजा हेर्नका लागि :
१. बिक्री प्रबन्धकको वेबसाइट : https://www.nimbacecapital.com/
२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा