सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो ।
परा पूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ । चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ।
यसरी ठड्याइको चीर फागु पुर्णिमाको राति साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गर्ने चलन छ । चीर ढालेको भोलिपल्ट नेपालको तराईमा होली पर्व मनाउने गरिन्छ ।
यस पर्वका दौरान रंगहरूको उत्सव, मिठा परिकार र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिन्छ, जसले समाजमा आपसी सद्भाव र भाईचारा वृद्धि गर्न मद्दत पु¥याउँछ।
फागु पर्वको महत्त्वको कारण, यो सबैको मनमा रंग र उमङ्गको उत्साह फैलाउने एउटा विशेष अवसर हो ।
तस्बिरहरू / बिजेन अमात्य
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा